विद्यालयबाट विदेशी प्रिन्सिपल हटाइयो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विद्यालयबाट विदेशी प्रिन्सिपल हटाइयो


प्रशासन संवाददाता

२९ माघ २०७३, शनिबार


काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष प्रमुख रहेको विद्यालय नियमविपरीत राखिएका विदेशी नागरिकको प्रिन्सिपलको जिम्मेवारी हटाइएको छ ।

प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले र पूर्वअध्यक्ष भोजबहादुर शाह आबद्ध ‘एसएबी पब्लिक स्कुल’मा संयुक्त राज्य अमेरिकाको कोलोराडो निवासी मार्क वाइबर्स गत वर्षदेखि नियमविपरीत प्रिन्सिपलका रुपमा रहेको विषयमा राससले यही माघ ११ गते समाचार सम्प्रेषण गरेको थियो । सो समाचारपछि सम्बन्धित जिल्ला शिक्षा कार्यालय र विद्यालयको ध्यानाकर्षण भई जिम्मेवारीमुक्त गरिएको हो ।

सो विद्यालय सूर्योदय आवासीय मावि, ‘आनन्दभूमि हाइस्कुल’ ‘ब्ल्यु स्काई पब्लिक स्कुल’ समायोजन गरी गत वर्ष नयाँ नामाकरण गरिएको थियो । विद्यालयका संस्थापक प्रिन्सिपल तथा प्रमुख कार्यकारी अधिकृत केसीले मार्कलाई तालिम प्रमुखको जिम्मेवारी दिइएको र आफू नै प्रिन्सिपल रहेको बताए।

केसीले मार्कलाई गुणस्तरीय शिक्षाका लागि प्राज्ञिक सल्लाहका रुपमा ल्याइएको भन्दै उनको वर्क परमिटलगायतका प्रक्रियामा शिक्षा मन्त्रालयले आफूहरुलाई सहयोग नगरेको गुनासो गरे । रासस

प्रतिक्रिया दिनुहोस