गजल « प्रशासन
Logo १२ आश्विन २०८०, शुक्रबार
   

गजल


२९ माघ २०७३, शनिबार


सधै एकनाश हुनै सक्दैन
अधिनमा बतास हुनै सक्दैन

पत्थर फोरेर निस्कन्छ पिपल
सिर्जना बकवास हुनै सक्दैन

साधुलाई सुली चोरलाई चौतारी
बुद्धको इतिहास हुनै सक्दैन

देखिन्छन् कति यहाँ पक्षपाती
मान्छे झै आकाश हुनै सक्दैन

दन्कन्छ जसको क्रोधले आगो
मुटु त्यो कपास हुनै सक्दैन

आउ अब यही पसिना खन्याउ
आफन्ती प्रवास हुनै सक्दैन ।

प्रतिक्रिया दिनुहोस