पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता


प्रशासन संवाददाता

२८ माघ २०७३, शुक्रबार


पाल्पा । स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् ।

स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार जिल्लामा ११ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, पाल्पाले जनाएको छ ।

निर्वाचन कार्यालयमा दर्ता भएका दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन् । त्यसैगरी नेकपा माले जनसमाजवादी, सङ्घीय समाजवादी फोरम नेपाल, नेकपा माक्र्सवादी र नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी रहेका छन् ।

दर्ता भएका दलले मात्र स्थानीय निकायको निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था रहेको छ । अहिले पनि विभिन्न पार्टीले दल दर्ताका लागि कार्यालयमा अनुरोध गरेपनि दर्ता समय सकिएकाले दर्ता प्रक्रिया रोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस