काठमाडौं । वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारीले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले उत्पन्न भएको आन्तरिक द्वन्द्वले अहिले राष्ट्रिय राजनीतिमा जटिलता आएको बताएका छन् ।
एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान केन्द्रीय समितिले आयोजना गरेको भेलामा अधिकारीले विभिन्न शक्तिले नेपाली समाजमा द्वन्द्व गराएर देशलाई विखण्डनको दिशातर्फ उन्मुख गराएको बताउँदै नेपालीबीच एकताको खाँचो रहेको औंल्याए । नेता अधिकारीले भने–“नेपालको पहिचान हिन्दूत्व हो, बहुमतलाई स्वीकार्ने दलले बहुसङ्ख्यक जनताको मागका रुपमा रहेको हिन्दू राष्ट्र कायम गर्नुपर्छ ।”
अभियानका संयोजक केशरबहादुर विष्टले सदियौँदेखि मिलेर बसेका नेपाली समाजलाई जात, भाषा र भूगोलका आधारमा खण्डित गर्न नहुने र नेपालमा सङ्घीयता लागू गर्न नहुने बताए ।रासस