Logo २० कार्तिक २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु


२७ माघ २०७३, बिहिबार


भक्तपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा ब्लक र पकेट कार्यक्रम सुरु भएको छ ।

धान तथा तरकारी खेतीको दुईवटा ब्लक र विभिन्न साना कृषि उत्पादनका ३० वटा पकेट कार्यक्रमका लागि दुई करोड छ लाख बजेट विनियोजन गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले जिल्लाका नगरकोट, बागेश्वरी, दधिकोट र सिपाडोल क्षेत्रलाई धान उत्पादन ब्लक तथा मध्यपुर थिमि, सूर्यविनायक, नगरकोट र अनन्तलिङ्गेश्वर नगरपालिकालाई तरकारी खेती ब्लक क्षेत्रका रुपमा छनोट गरी कार्यक्रम सुरु गरिएको छ ।

पकेट कार्यक्रमअन्तर्गत कृषि बालीका लागि २०० रोपनी जग्गा, मौरी पालनका लागि ४०० घार, च्याउ खेतीका लागि एक हजार च्याउ प्याकेट आवश्यक पर्छ । ब्लक कार्यक्रमअन्तर्गत दुई हजार रोपनी जग्गा एउटा ब्लकका लागि आवश्यक पर्ने ढुङ्गानाले बताए । ब्लक र पकेट कार्यक्रममा सहभागी हुन कृषक, कृषक समूह र कृषि सहकारीले जग्गाको क्षेत्रफल, उत्पादन गर्ने बालीको विवरणसहित सम्बन्धित क्षेत्रको नगरपालिका र कृषि सेवा केन्द्रको सिफारिस पेस गर्नुपर्ने प्रावधान छ । रासस

प्रतिक्रिया दिनुहोस