मिस तामाङको उपाधि पिंकी घिसिङलाई « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

मिस तामाङको उपाधि पिंकी घिसिङलाई


प्रशासन संवाददाता

२५ माघ २०७३, मंगलबार


काठमाडौं । मिस तामाङको उपाधि काठमाडौंका पिंकी घिसिङले जितेकी छिन् । ३४ जनालाई पछि पार्दै घिसिङ ताज जित्न सफल भएकी हुन् ।
काठमाडौंमा भएको कार्यक्रममा निर्णायक मण्डलका संयोजक इच्छाराज तामाङले ‘एकजना तामाङकी छोरी नेपालको प्रधानमन्त्री बन्न सक्छ कि सक्दैन ? किन र कसरी ?’ भन्ने प्रश्न राख्ने क्रममा उत्तर दिर्दै घिसिङ ताज पहिरिन सफल भएकी हुन् । त्यसैगरी काठमाडौंकी नावाङ मोक्तानले बेस्ट वाकको अवार्डसहित फस्ट रनरअप जितिन् र धादिङकी रीता थिङ मस्ट पपुलरको अवार्डसहित सेकेण्ड रनरअप भइन् । विजेताले क्रमशः एक लाख, पचास हजार र पच्चीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका हुन् ।
त्यसैगरी मिस फोटोजेनिक आस्मा मोक्तान, मिस भर्सट्यालेन्ट श्रीयम थिङ, मिस ब्युटीफुल गंगा पाख्रिन, मिस अनलाइन सरला ब्लोन, बेस्ट पर्सनालिटी नवीना लामा योञ्जन, मस्ट डिसिप्लिन आस्ना स्याङ्दान र बेस्ट हेयरमा कुमारी बज्युले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस