१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिभन्दा कृषि प्यारो

अ+ अ-

रोल्पा । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेसिए । त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीति र व्यवसाय गर्दै आएका छन् ।

शान्तिकालमा नेकपा (माओवादी केन्द्र)का जिल्ला उपाध्यक्ष बनेका धबाङ–३ रोल्पाका ४२ वर्षीय ऋषिराम रोका अलैँची बिरुवा उत्पादन व्यवसायबाट वार्षिक  १५ लाख बढी आम्दानी गर्न सफल भएका छन् ।

रोल्पाका ४२ वर्षीय ऋषिराम रोका अलैँची बिरुवा उत्पादन व्यवसायबाट वार्षिक  १५ लाख बढी आम्दानी गर्न सफल भएका छन् ।

तत्कालीन युद्धका बेला छापामार रहेका उनी नर्सरी उत्पादन गरेर मनग्य आम्दानी गर्छन । पाँच वर्षअघि धबाङबाट सदरमुकाम लिबाङ आएका उनले नर्सरीबाट अलैँचीको बिरुवा उत्पादन गरी बिक्री गर्ने पेसा अँगालेका हुन् । उनले गत वर्षसम्म अर्काको जग्गा भाडामा लिई नर्सरी स्थापना गरेका थिए । यो साल भने आफैँ जग्गा खरिद गरी व्यवसाय गरिरेका छन् । उनले अलैँची बिक्रीबाट आएको मुनाफाले जग्गा खरिद गरेका हुन् ।

सहोदर दाइ मूलबहादुरसँग साझेदारीमा सो व्यवसाय गर्दै आएका उनको नर्सरीमा देवदार, श्रीखण्ड, खोटे सल्ला, सागुन, सुगन्ध कोकिला, टिमुर, कान्वातु, अलैँची, किबी, राई खनियोलगायत प्रजातिका बिरुवा छन् । आफ्नो नर्सरीमा तयार भएका बिरुवा जिल्लामा मात्र होइन अन्यत्र पनि माग बढ्दो छ । “सल्यान, प्युठान र दैलेखलगायत जिल्लाबाट समेत बिरुवाको माग हुँदै आएको छ” ऋषिराम भने, “मैले उत्पादन गरेका अलैँचीका बिरुवा रोल्पामै खपत भइरहेको छ । बाहिरको माग पुर्याउनै सकिएको छैन ।”

कृषि पेसालाई पहिलो र राजनीतिलाई दोस्रो प्राथमिकतामा राखेको बताउँदै उनी भन्छन्, “विगतमा राजनीति प्यारो लागे पनि अहिले भने कृषि प्यारो लाग्छ ।”

उनले जिल्ला कृषि विकास कार्यालय रोल्पाबाट अलैँची नर्सरीका लागि अनुदान प्राप्त गरी व्यवसाय सुरु गरेका हुन् । उनको नर्सरीमा उत्पादित बिरुवा जिल्ला कृषि विकास कार्यालयले नै खरिद गर्छ । उनी अहिले नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका सदस्य समेत हुन् । कृषि पेसालाई पहिलो र राजनीतिलाई दोस्रो प्राथमिकतामा राखेको बताउँदै उनी भन्छन्, “विगतमा राजनीति प्यारो लागे पनि अहिले भने कृषि प्यारोे लाग्छ ।”

रोल्पाका किसान अलैँची खेती गर्न आकर्षित हुँदैछन् । जिल्लाको पूर्वोत्तर गाविसको भूबनोट अलैँची उत्पादनका लागि राम्रो रहेकोे वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ बताए । थोरै लगानीबाट धेरै आम्दानी हुने तथा धेरै किसानको आकर्षण समेत रहेका कारण जिल्लामा अलैँचीलाई उदीयमान बालीका रुपमा लिइएको छ ।

प्रधानमन्त्री आधुनिक कृषि विकास परियोजनामा समेत रोल्पालाई अलैँचीको ब्लक विकास गर्ने तथा पकेट क्षेत्रको विकास गर्ने कार्यक्रम रहेको श्रेष्ठ बताउछन् । अलैँचीलगायत भिन्न प्रजातिका बिरुवामा कृषकलाई बिरुवा उपलब्ध गराउँदा ५० प्रतिशत अनुदान दिइँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस