गजल « प्रशासन
Logo २५ जेष्ठ २०८०, बिहिबार
   

गजल


२२ माघ २०७३, शनिबार


लैजाऊ जवानी उपहार लैजाऊ
विस्तारा सिरानी उपहार लैजाऊ

तिमीले दिएको पूरै रात मेरो
चाहिदैंन विहानी उपहार लैजाऊ

घट्ना सबै मेरा दुर्घट्ना भए
राख्दिन निशानी उपहार लैजाऊ

लेख्दिन कुनै इतिहास अब
यी सबै कहानी उपहार लैजाऊ

चिताको खरानी दिन सक्छु नाई
आँखाको पानी उपहार लैजाऊ

प्रतिक्रिया दिनुहोस