गजल « प्रशासन
prasaLogo
२२ माघ २०७३, शनिबार

गजल


प्रकाशित मिति : 4 February, 2017 6:46 am

हेर्छु आफ्नै पहिरन, बिदेशीसँग साटेको देख्छु
बाह्र ठाउँ टालेको र ठाउँ–ठाउँ फाटेको देख्छु

खै ! कसलाई सुनाउनु उजुर गर्नु कहाँ गई
बर्षौं पालमुनी बस्नेलाई सरकारले ढाँटेको देख्छु

पू्र्खाले स्वाभिमान बचाएको सुन्दै आएकी थिएँ
चहलपहल गर्दै बिदेशी पस्न आँटेको देख्छु

कसलाई पो आफन्त र दाजुभाइ ठान्नु र यहाँ
आफन्त दाजुभाइ वीच दुश्मनीले काटेको देख्छु

हिजो बिदेशीसँग साँठगाँठ गर्नु हुँदैन भन्ने
आज गुणगान गर्दै उसकै जुठो चाटेको देख्छु

प्रतिक्रिया दिनुहोस