Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

लघुवित्त व्यवसायी सम्मानित


प्रशासन संवाददाता

२१ माघ २०७३, शुक्रबार


कैलाली । नेपाली सेना कल्याणकारी बोर्ड र इन्भेष्टमेन्ट बैंकले सूदुरपश्चिमका लघुवित्त अभियानमा सफल उद्यमीलाई सम्मान गरेका छन् ।
बोर्ड र बैंकले संयुक्त रुपमा सैनिक परिवार र भूतपूर्व सैनिकहरुको जीवनस्तर उकास्न तथा स्वरोजगारका अवसरहरु सृजना गर्न सूदुरपश्चिममा चालेको लघुवित्त अभियानमा सफल रुपमा उद्यम चलाएबापत सर्वोत्कृष्ठ उद्यमीलाई सम्मान गरेका हुन् । प्रधानसेनापति राजेन्द्र क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले संयुक्त रुपमा सर्वोत्कृष्ठ उद्यमीका रुपमा जानकीदेवी बमलाई चाँदीको सिक्कासहित प्रसंसापत्रले सम्मान गरे । बमले बैंकबाट लघुवित्त कर्जा लिइ बंगुर कुखुरा पालन गरी जीवनस्तर उकासेकी छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको नियम अनुसार असल बर्गमा परेका बैंकका तीन जना ऋणीलाई जनही सात लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । साथै बहालवाला परिवार र भूतपूर्व सैनिकलाई लघुव्यवसाय संचालनका लागि सुरुवाती पूँजीका रुपमा बिपन्न बर्ग कर्जा अन्तर्गत ६ जनालाई चेक हस्तान्तरण गरियो । हालसम्म १६ हजारभन्दा बढी नेपाली सेनाका बहालवाला सैनिक परिवार र भूपू सैनिकहरुले करिव २ अर्ब ५१ करोड ६८ लाख कर्जा लिइ लघु व्यवसाय गर्दै आएका छन् ।
सोही कार्यक्रममार्फत नेपाल इन्भेष्टमेन्ट बैंकले डडेल्धुरा, दार्चुला र बैतडीमा शाखा रहित सेवा पनि सुरु गरेको छ । सेवा सुरु गरेसँगै सवै जिल्लामा पस मेशीन उपलव्ध गराइएको छ । अब बैंकले यो सहित ६२ वटा शाखारहित बैंकिङ सेवामार्फत सुविधा दिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक ‘बैंक अफ द इयर’ पाँचौ पटक प्राप्त गर्ने एक मात्र बैंक हो ।

प्रतिक्रिया दिनुहोस