Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई लिखित निर्देशन दिने मन्त्रिपरिषद्को निर्णय


प्रशासन संवाददाता

२० माघ २०७३, बिहिबार


काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई लिखित निर्देशन दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिने निर्णय गरेको हो ।
बैठकले २०७४ बैशाख मसान्तदेखि जेठको १० गतेभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगलाई लिखित निर्देशन दिने निर्णय लिएको हो । सरकारले आयोगलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएसँगै स्थानीय तह निर्वाचनबारे अन्यौलता हटेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए । बैठकले स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवेदनबारे सुझाव दिन एक कार्यदल पनि बनाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलमा आपूर्ति मन्त्री दीपक बोहरा र उद्योगमन्त्री नबीन्द्रराज जोशी सदस्य छन् । कार्यदललाई मूख्यतः २ नम्वर प्रदेशको स्थानीय तह निर्धारणबारे सुझाव दिन कार्यदेश दिइएको छ ।
त्यसैले, बैठकले चीनको गोञ्जाओको महावाणिज्य दुतमा सहसचिव रबि भट्टराईलाई पठाउने निर्णय गरेको छ । त्यसैगरी बैठकले तनहूँको बालिङ, खरेपानी क्षेत्रभित्रका ८ वटा जङ्गलमा चीडियाखाना निर्माण गर्ने निर्णय पनि गरेको छ । बैठकले शिशिर ढुङ्गानालाई सचिवमा बढुवा गरेको छ भने यमकुमारी खतिवडालाई कामु सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसैगरी बैठकले सबै मन्त्रालयहरुमा पूँजीगत खर्च कम र चालु बढी देखिएकोबारे अध्ययन गर्न अनुगमन समिति बनाउने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस