Logo २३ कार्तिक २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अनलाइन प्रणालीमार्फत व्यक्तिगत श्रम स्वीकृति दिन सुरु


प्रशासन संवाददाता

२० माघ २०७३, बिहिबार


काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरुलाई बुधबारदेखि अनलाइन प्रणालीमार्फत व्यक्तिगत श्रम स्वीकृतिसमेत दिन सुरु गरिएको छ ।

यसअघि गत पुस ३ गते अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमासंस्थागत वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन सुरु गरिएकामा आज त्यसलाई थप विस्तार गर्दै व्यक्तिगत श्रम स्वीकृतिसमेत दिन थालिएको हो । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले श्रमग्राम ताहाचलमा अनलाइन प्रणालीको र राज्यमन्त्री दिलीप खवास गच्छदारले श्रमग्राम हाताभित्रै निर्मित अनलाइन प्रणाली सहायता कक्षको शुभारम्भ गरे ।

अनलाइन प्रणालीमा संस्थागत श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार संस्था र व्यक्तिगत स्वीकृतिका लागि व्यक्ति आफैंले ‘युजर नेम’ र ‘पासवर्ड’ खोलेर वैदेशिक रोजगार विभागलाई युजर नेमको जानकारी दिनुपर्छ ।

अनलाइन प्रणाली सञ्चालन हुनुअघि श्रम स्वीकृति लिन विभागको काठमाडौँ कार्यालय, ताहाचलमा घन्टौँ लाइनमा लाग्नुपर्ने बाध्यता थियो । सो प्रणालीको सुरुआतसँगै त्यो बाध्यता हट्दै गएको छ । बिमा रकम, अभिमुखीकरणको तालिमको रकम, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई तिर्नुपर्ने कल्याणकारी कोषको रकमलगायत सबै विवरण अनलाइन प्रणालीमार्फत हुनेछ । यसले गलत नामावली, नक्कली बिमाजस्ता समस्यासमेत हटाउन भूमिका खेल्ने विश्वास लिइएको छ ।

अनलाइन प्रणालीमा संस्थागत श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार संस्था र व्यक्तिगत स्वीकृतिका लागि व्यक्ति आफैंले ‘युजर नेम’ र ‘पासवर्ड’ खोलेर वैदेशिक रोजगार विभागलाई युजर नेमको जानकारी दिनुपर्छ । सोही आधारमा युजर नेमबाट आएका विवरणलाई विभागले स्वीकृति प्रदान गर्नेछ ।

मन्त्री गुरुङले सूचना प्रविधिको अहिलेको युगलाई आत्मसात् गर्दै अनलाइन प्रणालीको लामो समयको चाहनाले पूर्णता पाएकामा खुसी व्यक्त गरे । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत स्विट्जरल्यान्डको सहयोगमा सुरक्षित आप्रवास परियोजनाको पाँच करोड सहयोगमा अनलाइन प्रणाली विकास गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस