मेलम्चीको पाइप बिच्छ्याउने काम तीव्रगतिमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेलम्चीको पाइप बिच्छ्याउने काम तीव्रगतिमा


१९ माघ २०७३, बुधबार


काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौँ उपत्यकामा खानेपानीको पाइप गाड्ने काम तीव्र गतिमा अगाडि बढेको छ ।

मेलम्चीको खानेपानी उपत्यकावासीको घरघरमा पु¥याउने जिम्मा पाएको मेलम्ची खानेपानी आयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक ५० स्थानमा पाइप विच्छ्याउने काम गरिरहेको छ ।

निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले काठमाडौँ उपत्यकाका भित्री सडकमा ६७० किलोमिटर पाइप बिच्छ्याउने भएपनि हालसम्म ५३० किलोमिटर पाइप बिच्छ्याइ सकिएको जानकारी दिए । उनले भने “दैनिक एकहजार २०० देखि एकहजार ३०० कामदारले पाइप बिच्छ्याउने काम गरिरहेका छन् ।

निर्देशनालयले अहिले नयाँ सडक, नयाँ बानेश्वर, ठमेल, मङ्गलबजार, वाग्मती किनारालगायतका स्थानमा काम भइरहेको जनाएको छ भने खुशीबु, कालीमाटी, बल्खु, कुलेश्वरलगायतका स्थानमा काम नै सुरु भएको छैन ।

मेलम्चीबाट टनेल हुँदै सुन्दरीजल आउने पानी त्यहाँ प्रशोधन भइसकेपछि उपत्यकाका ११ वटा मुख्य ट्याङ्कीमा बाँडेर घरघरमा पु¥याउने काम गरिन्छ । मुख्य ११ स्थानमा पु¥याउन मुख्य लाइन ६१ किमी खन्नुपर्ने भएपनि हालसम्म मुख्य लाइन ३८ किलोमिटर मात्र सकिएको खनालले बताए । रासस

प्रतिक्रिया दिनुहोस