धावक सञ्जय पण्डितलाई सम्मान « प्रशासन
prasaLogo
१८ माघ २०७३, मंगलवार

धावक सञ्जय पण्डितलाई सम्मान


प्रकाशित मिति : 31 January, 2017 10:55 am

काठमाडौँ । अल्ट्रा धावक सञ्जय पण्डितलाई कोसी समूहले दुई लाख १० हजारसहित सम्मान गरेको छ ।

अन्टार्टिकाको माउन्ट रजम्यानलगायत सिखर आरोहण गरी देशको प्रतिष्ठा बढाएकाले पण्डितलाई सो सम्मान प्रदान गरिएको हो ।

समूहका अध्यक्ष गोविन्द थपलियाले उक्त रकम बराबर चेक तथा सम्मानपत्र प्रदान गर्दै नेपाललाई विश्वमा आरोहणको माध्यमबाट चिनाउन पण्डितले अहम भूमिका निर्वाह गरेकाले त्यसको सराहना गरे । उनको साहसलाई उच्च मूल्याङ्कन गरी आफ्नो समूहले सम्मान गरेको थपलियाले बताए ।

सगरमाथा मनास्लुसहित विश्वका १० अग्ला शिखर आरोहण गरेका पण्डितले अफ्रिकाको सिखर किलिमान्जारो र अस्ट्रेलियाको सिखर कोजियस्कोमा उल्टो हिँडेर आरोहण गरेका थिए । पण्डित उल्टो हिँडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो विश्व पर्वतारोही हुन् । रासस

प्रतिक्रिया दिनुहोस