सहिद दिवसमा दशरथ चन्दको जन्मघरमा कार्यक्रम « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सहिद दिवसमा दशरथ चन्दको जन्मघरमा कार्यक्रम


१७ माघ २०७३, सोमबार


बैतडी । सहिद दिवसको अवसरमा आइतबार सहिद दशरथ चन्दको जन्मघर बैतडीमा विभिन्न कार्यक्रम गरिएको छ ।

सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको भवनदेखि सहिद दशरथचन्दको जन्मघरसम्म प्रभातफेरी गरिएको थियो । जन्मघर नजिकको सालिकमा प्रहरीद्वारा सलामी अर्पण गरिएको थियो भने विभिन्न व्यक्तिले सहिद दशरथचन्दको शालिकमा माल्यापर्ण गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले सहिदको सपना पूरा गर्न सबैले लाग्नुपर्ने बताए ।

प्रतिष्ठानका अध्यक्ष शेरसिंह रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दुईजना अपाङ्गता भएका व्यक्ति र दुई जना असहाय महिलालाई प्रतिष्ठानले अन्नदान गरेको थियो । यस्तै प्रतिष्ठानका पूर्व अध्यक्ष देवसिंह रावल र मीना चन्दलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस