धनगढीमा सहिदको सम्झना « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

धनगढीमा सहिदको सम्झना


१६ माघ २०७३, आइतबार


धनगढी ।  सुदूरपश्चिमाञ्चल संस्कृति  संवर्द्धन समिति धनगढीले आइतवार सहिद दिवस समारोहको आयोजना गरेको  छ ।

सांसद एवम् पूर्व राज्यममन्त्री पुष्करनाथ ओझाले कार्यक्रमको उद्घाटन गरेका थिए। उनले कार्यक्रममा बोल्दै वीर सहिदहरुको योगदानले सधै देशको शिर ठाडो भएको स्मरण गरे । लोकतन्त्र संस्थागत भैइनसकेकाले सहिदहरुको सपना साकार हुन नस्केको बताए । त्यस्तै संविधान कार्यान्वयनमा जटिलता आएकाले सबै एक भएर कार्यान्वयमा लाग्नु पर्ने बताए ।

पूर्व सहायक मन्त्री केशव बहादुर चन्द, पुर्व सांसद् महेश्वर पाठक, जिल्ला बिकास समिति कैलालीका स्थानिय विकास अधिकारी केशव प्रसाद विमली, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी, धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्यान कुमार थापा, नेपाली काँग्रेसकी नेत्री एवम सेती अञ्चल अस्पतालकी अध्यक्ष रिता भण्डारी बम, नेकपा (एमाले)का सचिव रण बहादुर चन्द, जनमोर्चा नेपालका कृष्णप्रसाद चौधरी, साहित्यकार पदमराज जोशीले मन्तव्य व्यक्त गरेका थिए ।

अध्यक्ष जनकराज पाण्डेयको अध्यक्षतामा संपन्न कार्यक्रमको संचालन सचिव लक्ष्मण दत्त भट्टले र स्वागत नरेन्द्र भट्टले व्यक्त गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस