आगलागी हुँदा दुई लाख बराबरको क्षति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आगलागी हुँदा दुई लाख बराबरको क्षति


१६ माघ २०७३, आइतबार


पाल्पा । पाल्पा बाकामलाङ गाविस– ४ लेखमलाङको एउटा घरमा आगलागी हुँदा करिब दुई लाख मूल्य बराबरको क्षति भएको छ ।

भीमबहादुर सोतीको घरमा शनिबार आगलागी हँुदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।

खरको छानो भएको घरमा आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, सोलार सेट जलेर पूर्णरुपमा नष्ट भएको स्थानीय चेतन पुलामीले बताए ।

आगलागीबाट घर पूर्णरुपमा जलेपछि पीडित अहिले छिमेकिको घरमा शरण लिएर बसेको वडा नागरिक मञ्चका संयोजक टुकबहादुर सोतीले बताए ।

गाउँ र छिमेकिबाट अन्नपात, लत्ताकपडा र केही आर्थिक रकम जुटाएर तत्कालका लागि उनलाई बासस्थानको व्यवस्था मिलाइएको पनि उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस