Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्वाचनका लागि दलहरुबीच मतभिन्नता छैनः सभामुख घर्ती


१५ माघ २०७३, शनिबार


विराटनगर। सभामुख ओनसरी घर्तीले निर्वाचनसँग सम्बन्धित सबै विधेयकहरु व्यवस्थापिका–संसद्बाट आगामी सोमबार पारित हुने बताएकी छन् ।

नेपाल मगर विद्यार्थी सङ्घ मोरङको लेटाङमा आयोजना हुने नवौँ राष्ट्रिय महाधिवेशनमा भाग लिन जाने क्रममा विराटनगर विमानस्थलमा सभामुख घर्तीले पत्रकारहरुसँग कुराकानी गर्दै संविधान कार्यान्वयनका सन्दर्भमा हुने निर्वाचनको विषयमा दलहरुबीच कुनै मतभिन्नता नरहेको बताएकी हुन् ।

उनले भनिन्, “संविधानमा आफ्नो समुदायको हक अधिकार स्थापित गर्ने विषयबाहेक निर्वाचनको सम्बन्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मत भिन्नता रहेको आफूले पाएको छैन ।”

सबै राजनीतिक दलको सर्वसम्मतिमा निर्वाचनसम्बन्धी विधेयक फटाफट पास हुनुले पनि यो कुरालाई पुष्टि गर्दछ भन्दै सभामुख घर्तीले राष्ट्र र जनताको हितका लागि आआफ्नो अडानमा लचिलो हुने काम सबै राजनीतिक दलबाट हुनुपर्दछ भनिन् ।

विमानस्थलमा सभामुख घर्तीलाई अन्तर पार्टी महिला सञ्जालका तर्फबाट स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदमा महिला आरक्षणको व्यवस्थाको सुनिश्चितताका लागि ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस