आयोजक सहारा फाइनलमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आयोजक सहारा फाइनलमा


प्रशासन संवाददाता

१२ माघ २०७३, बुधबार


पोखरा । पोखरा रङ्गशालामा सञ्चालित पन्ध्रौ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधवार भएको पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आयोजक सहारा क्लव पोखरा फाइनलमा प्रवेश गरेको छ ।

सहाराले ४–३ गोलको अन्तरले विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको हो ।

निर्धारित एवम् अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेला ट्राइबेकर धकेलिएको थियो । सहारा क्लव पोखराका तर्पmबाट सुसन गुरुङ, शिव सुवेदी, प्रदीप गुरुङ र कप्तान उत्तम गुरुङले गोल गरेका थिए भने लक्ष्मण जिसीले प्रहार गरेको पेनाल्टी आर्मीका गोलरक्षक विकास कुथुले छेकेका थिए ।

प्रतियोगतामा त्रिभुवन आर्मी क्लवका तर्पmबाट जितेन्द्र कार्की, सन्तोष तामाङ र दीपकुमार लामा गोल गर्न सफल भए । दीपक गुरुङ र गोलरक्षक विकास कुथुले गोल गर्न नसकेपछि आर्मीले हार बेहोर्न बाध्य भयो ।

बिहीवार सेमिफाइनल खेल मनाङ मस्र्याङदी क्लव र सङ्कटा क्लवबीच हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस