Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानन्यायाधीशलाई १२ बुँदे ध्यानाकर्षण


प्रशासन संवाददाता

११ माघ २०७३, मंगलबार


काठमाडौँ । न्यायपालिकाभित्र देखिएका विकृति विसंगति र कानुन व्यावसायीका समस्याहरुको समाधान गर्नुपर्नेलगायत १२ बुँदे स्मरण पत्र मंगलवार प्रधानन्यायाधीशसमक्ष बुझाएको छ ।

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएनले संयुक्तरुपमा प्रधानन्यायाधीश सुशीला कार्कीको सचिवालयमा बुझाएको स्मरणपत्रमा अदालत र बार एकअर्काका परिपुरक भएकाले दुवैतर्फबाट भएका कमीकमजोरीलाई सुधार गर्न संयुक्तरुपमा तीनदिनभित्र बैठक बसेर समस्याको समाधान खोज्न जरुरी देखिएको उल्लेख छ ।

स्मरणपत्रमा उच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिस गर्दाको अवस्थामा न्यायाधीश छनोटको मापदण्ड पारदर्शी नरहेको, समानुपातिक समावेशी नभएको, कानुन व्यवसायीलाई न्युनतम् ५० प्रतिशत नियुक्तिमा सिफारिस गर्नुपर्ने मागप्रति वेवास्ता गरिएको उल्लेख छ ।

बार र अदालतबीच विभिन्न समयमा लिखित तथा मौखिक रुपमा उठाएका समस्याहरुप्रति सर्वोच्च अदालत उदासीन रहेको, लामो समयदेखि संवैधानिक इजलासको गठन नभएको र संवैधानिक इजलासबाट हुनुपर्ने आदेश फैसला संयुक्त इजलासबाट हुँदै आएकाले तत्काल संवैधानिक इजलास गठन गर्नसमेत स्मरणपत्रमा ध्यानाकर्षण गराइएको छ ।

यसैगरी, नेपाल बार एसोसिएन र सर्वोच्च बार एसोसिएनले आजै संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिले स्वतन्त्र, सक्षम, उत्तरदायी न्यायपालिकाको अस्तित्वमाथि नै प्रश्नचिह्न उठी न्यायापालिकाको गरिमा र आस्थाप्रति आँच पुग्ने काम भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस