मधेशविना पहाड र पहाडविना मधेशको कल्पना पनि गर्न सकिन्नः प्रधानमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मधेशविना पहाड र पहाडविना मधेशको कल्पना पनि गर्न सकिन्नः प्रधानमन्त्री


प्रशासन संवाददाता

८ माघ २०७३, शनिबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशविना पहाड र पहाडविना मधेशको कल्पना पनि गर्न नसकिने बताएका छन् । उनले परिवर्तन विरोधीहरु अहिले मधेश, पहाड र हिमाल तथा विभिन्न जात, जाति र धार्मिक समुदायलाई फुटाउन लागिपरेको बताउँदै आफूले सिंगो नेपाल र नेपालमा रहेका नेपाली जनतालाई एकतावद्ध बनाउन पहल गरिरहेको स्पष्ट पारे ।

शनिवार दिउसो मुस्लिम मुक्ति मोर्चाद्वारा आयोजित ‘धर्म निरपेक्षता र मुस्लिम मुद्धा’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुस्लिमको स्वतन्त्रता र मुक्तिका निम्ति धर्म निरपेक्षताको विषय धेरै महत्वपूर्ण रहेको बताउँदै संविधान संशोधन मार्फत् मुस्लिमलगायतका उत्पीडित समुदायलाई थप अधिकार प्रदान गर्न खोजिएको प्रष्ट पारे ।

प्रधानमन्त्रीले मुस्लिमलगायत उत्पीडित जाति र बर्गका मुद्धावाट माओवादी पार्टी र आफू विचलित नहुने बताउँदै यसका लागि अन्तिमसम्म संघर्ष गर्ने बताए । उनले संविधानमा उत्पीडितहरुका पक्षमा भएका राम्रा कुराको रक्षा तथा कार्यान्वयन र अपुग कुराहरु पूरा गर्न एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै माओवादी पार्टी र आन्दोलन कमजोर हुँदा उत्पीडितका मुद्धा कमजोर हुनेतर्फ स्पष्ट पारे । परिवर्तनका एजेण्डा बाध्यताले स्विकार्नेहरु अहिले संघीयता, समावेशिता, धर्मनिरपेक्षता लगायतका एजेण्डा उल्ट्याउन लागिपरेको बताउँदै प्रधानमन्त्रीले परिवर्तनकामी र यथास्थितिवादीबीच पेचिलो संघर्षको अवस्था आउन सक्नेतर्फ ध्यानाकर्षित गराउँदै परिवर्तनकारीहरुलाई समयमै गोलबन्द हुन आग्रह गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस