याद होईन अस्रुभित्र प्रित खोजेको हु
श्वासभित्र मन्द मन्द धित खोजेको हु
मान्छे उहि धर्ति उहि शंकल्प उहि हो
अन्धकारमा क्षणभरको रित खोजेको हु
घुम्ति पिच्छे रंगहरु कति बदले के भो
स्वप्नभित्र मुस्कुराउदो हित खोजेको हु
बादलभित्र जुनेलीको रंग फेरीरहदा
एकान्तमा क्षितिजबाट गीत खोजेको हु
शिखर चुम्ने यो यात्रामा अवरोध खडा हुँदा
कोसौ कोसको पाइलाभरि जीत खोजेको हु
विहानीको पवनसँग यात्रा थाल्नु पहिल्यै
मनको वह बिसाउने मित खोजेको हु