गजल « प्रशासन
Logo ३ कार्तिक २०७८, बुधबार
   

गजल


८ माघ २०७३, शनिबार


म चितामा भएको बेला, लास भएर
तिमी जिउनु प्रिया, बिन्दास भएर

न झार्नु आँसु एक थोपा पनी मेरा लागी,
फर्किन्न लाश कहिले, उदास भएर

आभारी हुनेछु लास जलिसके पछी
उडाइदिनु खरानी, बतास भएर

केही अंश त पानीमा घुलेर जानेछ जरुर,
जरुर केही क्षय हुनेछ, प्रकाश भएर

यो देह, जस्मा तिम्लाई माया गर्ने मुटु छ,
नफर्कने गरी जाने छ क्षण भरमै, ह्रास भएर

प्रतिक्रिया दिनुहोस