गजल « प्रशासन
Logo १२ आश्विन २०८०, शुक्रबार
   

गजल


८ माघ २०७३, शनिबार


खुला आकाशतर्फ घरको छत देखाउँछ
अझैं हाँसिखुसी बाँच्ने हिम्मत देखाउँछ

यहाँका वालकलाई गन्तव्य नसोध्नुहोला
एक खाडि देखाउँछ अर्को भारत देखाउँछ

एम्बुलेन्समा दमकलमा आगो लगाएर
क्रान्तिकारी दिनहुँ जसो हर्कत देखाउँछ

भित्र भोजनमा बिष मिलाएर आउछ
बाहिर विनम्रतापूर्वक स्वागत देखाउँछ

अगुवा मूर्खको पछिपछि नलाग्नु साथी !
ऊ सत्य चिन्दैन र बाटो गलत देखाउँछ

हिजो पिएकै थियो आज फेरी पिएको छ
दोषी आफू कम र बढी सड़्गत देखाउँछ

Tags :
प्रतिक्रिया दिनुहोस