चुनाव गर्न सरकार तत्पर छैनः नेता भुषाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चुनाव गर्न सरकार तत्पर छैनः नेता भुषाल


७ माघ २०७३, शुक्रबार


दाङ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य बेदुराम भुषालले निर्वाचन घोषणा गर्न सरकारले तत्परता नदेखाएको बताएका छन् ।

सरकारले निर्वाचनभन्दा पनि संविधान संसोधन ल्याएर निर्वाचन टार्न खोेजेको आरोप उनको थियो ।

सरकारले निर्वाचनमा तत्परता देखाउन सकेको छैन, प्रेस चौतारी दाङले विहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुषालले भने ‘निर्वाचनका लागि निर्वाचन विधेयक अघि बढ्न सकेको छैन । अरु कार्य पनि त्यतिकै छन् ।’

उनले मुलुकमा निर्वाचन गराउन छोडेर सरकारले संविधान संसोधन विधेयक दर्ता गरेर अल्झाउन खोजेको समेत बताए । ‘सरकारले ल्याएको संसोधन विधेयक राष्ट्रको पक्षमा छैन ।

यो विधेयकले पहाड र तराइलाई अलग गराउन खोजेको छ’, नेता भुषालले भने ‘यो फिर्ता गर्नुको विकल्प छैन ।’ नेता भुषालले संविधान संसोधन विधेयक पास नहुने समेत बताए ।

‘संविधान संशोधन विधेयक मतदानमा गएपनि फेल हुन्छ । त्योभन्दा सरकारले फिर्ता गरे नै उत्तम छ’ उनले भने ‘पास गर्नका लागि सरकारसँग दुइतिहाई मत चाहिन्छ । तर प्रतिपक्षसंग नै एकतिहाई मत छ ।’ संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको भन्दै नेता भुषालले चुनावको मिति घोषणा गर्न मागसमेत गरे । रासस

प्रतिक्रिया दिनुहोस