Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बाजुराका खडेरी क्षेत्रमा चारसय मेट्रिक टन चामल


५ माघ २०७३, बुधबार


बाजुरा । जिल्लाका खडेरी प्रभावित भएका पाँच गाविसमा रु. ३० लाखको चामल सहयोग गरिएको छ ।

कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत बाजुरा जिल्लामा सुक्खा तथा खडेरी प्रभावित गाविसमा रहेका समुदायका लागि राहतस्वरुप चामल सहयोग गरिएको बताइएको छ ।

गाविसका प्रत्येक वडामा विकास निर्माणका पूर्वाधारको संरचना निर्माण गरेपछि दैनिक ज्यालामा काम गराएर चामल सहयोग गरिएको विश्व खाद्य कार्यक्रम, बाजुराका संयोजक गणेश पाध्यायले बताए । चामल सहयोग मानाकोट, दहकोट, रुगिन, साप्पाटा र विच्छ्या गाविसमा गरिएको पाध्यायले बताए ।

गाविसहरु कृषि विकास कार्यालय र जिल्ला विकास समितिको सिफारिसमा छनोट गरिएका थिए । बढी प्रभावित र स्थानीय आयस्तरलाई हेरेर कामका लागि खाद्यान्न सञ्चालन गरिएको साझेदार संस्था सप्रोप नेपालका कार्यक्रम संयोजक बलबहादुर रोकायाले बताए ।

खडेरी प्रभावित १३ गाविसमध्ये छनोट गरिएका छ गाविसमा बढी जोखिम र प्रभावित रहेको जिल्ला कृषि विकास कार्यालय बाजुराका निमित्त कृषि विकास अधिकृत मीनप्रसाद जैशीले बताए ।

कार्यक्रम एक वर्षसम्म सञ्चालन गरिएको हो । खडेरी र प्राकृतिक प्रकोपका कारण २०७२-०७३ मा रु साढे १६ करोड र २०७३-०७४ मा रु ११ करोडभन्दा बढीको अन्नबाली जिल्लामा नोक्सानी भएको थियो ।

कार्यक्रममा पाँच गाविसमा तीनहजार १३३ घरधुरी लाभान्वित भएको बताइएको छ जसमध्ये विच्छ्यामा ७२.१५ मेट्रिक टन, दहकोटमा ११२.०८, रुगिनमा ७२, मानाकोटमा ६७.०५ र साप्पाटामा १४५.९५ गरी जम्मा ४६९.९५ मेट्रिक टन चामल सहयोग गरिएको छ ।

खडेरीले उत्पादन नहुने हुँदा रोजगारीको अभावमा आम्दानी पनि नहुने हुँदा उच्च जोखिममा रहेको समुदायलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रमअन्तर्गत मानाकोटमा कृषि सडक र खानेपानी मर्मत गरिएको छ भने दहकोटमा तीन सिँचाइ कुलो, खच्चर बाटो निर्माण तथा स्वास्थ्य चौकी एकाइ भवन निर्माण गरिएको छ ।

त्यसैगरी, साप्पाटा, रुगिन र विच्छ्यामा पनि खोनपानीका मुहान मर्मत, दर्जनभन्दा बढी सिँचाइ कुलो मर्मत, खच्चर बाटो निर्माण गरिएको छ । कार्यक्रमअन्तर्गत मानाकोटमा ६६, साप्पटामा एक र दहकोटमा ४६ भकारो सुधार निर्माण गरिएको बताइएको छ ।

खाद्यान्न नभएर भोकभोकै बस्नुपर्ने अवस्था थियो, कार्यक्रमले ठूलो राहत पुगेको विच्छ्याका धर्मराज सुनारले बताए । यसबाट सुक्खा खडेरी प्रभावित क्षेत्रका लागि सहयोग भएको निमित्त स्थानीय विकास अधिकारी प्रेमबहादुर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस