प्रतिबन्धित पाँचऔलेसहित एकजना पक्राउ « प्रशासन
prasaLogo
३ माघ २०७३, सोमबार

प्रतिबन्धित पाँचऔलेसहित एकजना पक्राउ


प्रकाशित मिति : 16 January, 2017 6:40 am

जाजरकोट । इलाका प्रहरी कार्यालय दल्लीले डोल्पा नर्कु गाविस–१ का ६७ वर्षीय नामबहादुर बोहोरालाई आइतवार तीन किलो प्रतिबन्धित जडीबुटी पाँचऔँलेसहित पक्राउ गरेको छ ।

भगवती गाविसबाट बगरातर्फ जाँदै गरेको भे१ज ५७६ नंको जिपलाई खगेनकोट–८ स्थित प्रहरी चेक पोस्टमा जाँच गर्दा उक्त परिमाणको पाँचऔलेसहित बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बोहोरालाई आइतवार नै जिल्ला वन कार्यालयमा बुझाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस