Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

३५ अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त


२६ पुस २०७३, मंगलबार


काठमाडौँ । स्वास्थ्य मन्त्रालयले ३५ अस्पताल विकास समितिमा पदाधिकारी पदपूर्ति गरेको छ ।

मुलुकभरिका ८७ अस्पताल विकास समितिमध्ये ३५ वटामा पदपूर्ति गरेको र बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयले जनाएको छ । यसअघि १३ अस्पताल विकास समितिमा मात्र पदाधिकारी थिए ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सोमवार ३५ अस्पतालमा पदाधिकारी नियुक्त गरेको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिए । लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसक्दा अस्पतालको काम प्रभावित हुँदै आएको थियो । अस्पताल विकास समितिमा राजनीतिक प्रभाव पर्न थालेपछि एक महिनाअघि मात्र मन्त्रालयले पदाधिकारी नियुक्तको मापदण्ड बनाएको थियो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति एव्म मनोनयनसम्बन्धी मापदण्डलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्री थापाले पेस गरेको मापदण्डलाई सरकारले मङ्सिर १६ गते नै स्वीकृत गरेको थियो ।

त्यसैगरी मन्त्रालयले खाली रहेका तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पदाधिकारी नियुक्तका लागि २७ गतेसम्मको सूचना पनि निकालीसकेको छ । प्रतिष्ठानका रिक्त उपकुलपति नियुक्तिका लागि इच्छुक व्यक्तिले यही पुस २७ गतेभित्र कार्ययोजनासहित मन्त्रालयको चिकित्सा सेवा महाशाखामा दरखास्त बुझाउन अनुरोध गरेको छ । उपकुलपतिको दरखास्त हाल्नेले १० पेजमा नबढाइ कार्ययोजना पनि पेस गर्नुपर्नेछ ।

मापदण्डअनुसार जिल्ला अस्पतालको अध्यक्षका लागि स्नातक तथा केन्द्रीय, क्षेत्रीय र अञ्चल अस्पतालका अध्यक्षका लागि स्नातकोत्तर पास हुनुपर्नेछ । समितिको अध्यक्ष बन्ने व्यक्तिले अस्पताल सुधारका निश्चित योजना र प्रतिबद्धतासहित कार्यसम्पादन करार गर्नुपर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस