सामुदायिक वन अतिक्रमणमुक्त « प्रशासन
prasaLogo
२४ पुष २०७३, आईतवार

सामुदायिक वन अतिक्रमणमुक्त


प्रकाशित मिति : 8 January, 2017 7:33 am

म्याग्दी । म्याग्दी जिल्लाका दुईवटा गाविसमा रहेका सामुदायिक वनलाई अतिक्रमणमुक्त घोषणा गरिएको छ ।

वर्षौंदेखि सार्वजनिक जग्गालाई व्यक्तिगत रुपमा प्रयोग गर्दै आइरहेकाहरूको पहिचान गरी कुहुँ र बाबियाचौर गाविसका ११ वटा सामुदायिक वनको ४८३ हेक्टर अतिक्रमित जग्गालाई सामुदायिक वनको स्वामित्वमा ल्याइएको हो ।

यी दुई गाविसलाई नेपालमै पहिलोपटक सामुदायिक वन अतिक्रमणमुक्त गाविसका रुपमा घोषणा गरिएको छ ।

बाबियाचौर इलाका वन कार्यालय र जिल्ला वन कार्यालयको समन्वय तथा सामुदायिक वन उपभोक्ता समूह बाबियाचौर र कुहुँ गाविसका उपभोक्ता समितिले आफ्नै प्रयासमा कार्यक्रमको गरी अतिक्रमणमुक्त गाविस घोषणा गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस