उखुको मूल्यमा वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उखुको मूल्यमा वृद्धि


२३ पुस २०७३, शनिबार


कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा बेलौरीमा उखुको मूल्य वृद्धि गरिएको छ । बेलौरीमा नगरपालिकाको शिवनगरमा रहेको महाकाली सुगर मिल र उखु उत्पादन हकहित तथा संरक्षण समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

उखु उत्पादक हकहित तथा संरक्षण समितिका कोषाध्यक्ष चेतन कुमार राईले अब उखुको मुल्य अर्ली प्रतिक्वीन्टल ४६१, सामान्य ४५१, अन्य ४४१ रुपैया गरेको बताउनुभयो । विगतको भन्दा ५ प्रतिशतले मूल्य वृद्धि भएको उहाँले बताउनुभयो । उखुको मूल्य वृद्धिले किसानहरु खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस