Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अठ्ठाइस जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम


२३ पुस २०७३, शनिबार


नवलपरासी । नवलपरासीसहित नेपालका २८ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालनमा छ ।

राष्ट्रिय योजना आयोग, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत खानेपानी, शिक्षा, महिला तथा बालबालिका र पशु सेवा तथा स्वास्थ्य मन्त्रालयमार्फत ती जिल्लामा विषयगत कार्यालयबाट पोषण कार्यक्रम सञ्चालनमा भएको हो ।

विशेष गरी एक हजार दिन उमेरका आमा, गर्भवतीदेखि शिशु, दुई वर्ष समय उमेरसम्मका आमा र शिशुलाई आवश्यक पोषण, जन्मिसकेपछि आवश्यक खोप सेवा दिनेबारे प्रचारप्रसार गर्नु सो कार्यक्रमको काम हो ।

सोअनुसार नवलपरासीका रामग्राम नगरपालिकासहित २० गाविसमा कार्यक्रम सञ्चालनमा छ । यसका लागि यस वर्ष करिब रु एक करोड बराबरको कार्यक्रम मन्त्रालयबाट स्वीकृत भइसकेको जिविसका पोषण फोकल पर्सन एवम् कार्यक्रम अधिकृत मोहन ज्ञवालीले बताउनुभयो ।

विसं २०७०–७१९ सन् २०१३० देखि नेपालमा सो कार्यक्रम लागू भएको हो । सोअनुसार पहिलो वर्ष छ जिल्ला, दोस्रो वर्ष ११ र तेस्रो वर्ष बाँकी ११ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू छ । रासस

प्रतिक्रिया दिनुहोस