Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विद्युत् चोरी गर्ने ८६ जना नियन्त्रणमा


२२ पुस २०७३, शुक्रबार


नवलपरासी । नवलपरासीमा नेपाल विद्युत् प्राधिकरण कावासोतीले विद्युत् चोरी गर्ने ८६ जनालाई नियन्त्रणमा लिएको छ । विद्युत चोरी गर्ने क्रममा विद्युतीय सामानसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पहिले पहिले सामान मात्र नियन्त्रणमा लिँदा जरिवाना तिर्न नआउने र पुनः चोरी गर्ने प्रवृत्ति बढेपछि प्रहरीको सहयोगमा मानिसलाई समेत नियन्त्रणमा लिन थालिएको नेपाल विद्युत् प्राधिकरण, कावासोती शाखाका प्रमुख उमेशप्रसाद यादवले बताउनुभयो । मानिसलाई नै नियन्त्रणमा लिएर जरिवाना नतिर्दासम्म नियन्त्रणमा राखेपछि चुहावटमा कमी आउनुका साथै मिटरका लागि निवेदन समेत बढेको प्रमुख यादवले जानकारी दिनुभयो ।

विद्युत् कर्मचारी, जनपथ प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले टिभी, पानी तान्ने मोटर, हिटरसहित विभिन्न विद्युतीय सामग्री समेत बरामद गरेको छ ।यस आवमा मात्र कावासोती वितरण शाखाले रु एक करोड ३० लाख विद्युत् बक्यौता र विद्युत् चोरीबापत १५ लाख जरिवाना असुल गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस