Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

लिबाङ नगरपालिकाको तेस्रो नगर परिषद् सम्पन्न


२२ पुस २०७३, शुक्रबार


लिबाङ (रोल्पा) । नेकपा (एमाले) का सचेतक एवम् सांसद गोकुल घर्तीमगरले भौतिक पूर्वाधारको विकासले मात्र जिल्ला समृद्ध हुन नसक्ने भएको हुँदा जिल्लाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानीसँगै मानवीय विकास अपरिहार्य भएको बताउनुभएको छ ।

विहिबार लिबाङ नगरपालिकाको तेस्रो नगरपरिषद्का अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनुभएको हो । घर्तीले हरेक क्षेत्रको विकासका लागि विकासे कार्यालयले छुट्टाछुट्टै बजेट विनियोजन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

यसैगरी, कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले राजनीतिक पार्टीका बीचमा फरक आस्था र विचार भएपनि जिल्ला बनाउने कुरामा सबैको ऐक्यबद्धता हुनुपर्नेमा जोड दिनुभयो ।

नगरपरिषद्का क्रममा लिबाङ नगरपालिकाका कार्यकारी प्रमुख निमबहादुर केसीले आव २०७२-०७३ को यथार्थ आय रु. चार करोड १३ लाख ९४ हजार २४६ तथा व्यय रु. तीन करोड ९२ लाख तीन हजार ९८३ रहेको जानकारी दिनुभयो ।

केसीले २०७३-०७४ को संशोधित चालु तथा पुँजीगततर्फ आय रु. नौ करोड ४४ लाख ४४ हजार र व्ययतर्फ रु. नौ करोड ४४ लाख ४४ हजार रहेको जानकारी दिनुभयो ।

यस्तै, उहाँले आव २०७४-०७५ को चालु तथा पुँजीगततर्फ प्रस्तावित बजेट आय रु पाँच करोड ५४ लाख ७५ हजार र व्ययतर्फ रु आठ करोड ४६ लाख ३५ हजार विनियोजन प्रस्तुत गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस