मोटरसाइकलको ठक्करबाट मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोटरसाइकलको ठक्करबाट मृत्यु


२१ पुस २०७३, बिहिबार


दाङ । मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

दाङको सहिदगेटबाट चितवनतर्फ जाँदै गरेको लु२८प ८४७ नं.को मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री १६ वर्षीय निमतुल्ला सिद्धिकीको मृत्यु भएको हो ।

उहाँको उपचारका क्रममा कोहलपुर अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारत घर भएका सिद्धिकी घोराही नगरपालिका–११ मा बस्दै आएका थिए । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस