Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बसबाट खसेर मृत्यु


२१ पुस २०७३, बिहिबार


गौशाला । महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडक खण्डमा बुधबार साँझ बसबाट खसेर सोनामाई–७ बस्ने ३० वर्षीय शिवनारायण चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार साँझ जलेश्वरबाट बर्दिवास जाँदै गरेको ज१ख ७७४ नंको यात्रु बसबाट कोल्हुवा बगेवा–९ स्थित बथनाहा गाउँमा बसको ढोकाबाट खस्दा चौधरी घाइते भएर उनको बायाँ खुट्टा भाँचिएको र टाउकामा गम्भीर चोटपटक लागेको छ ।

गम्भीर घाइते यादवलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि बेलुका ६-७ बजेतिर अञ्चल अस्पताल जनकपुरमा लैजाँदै गर्दा उनको बाटामै मृत्यु भएको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताउनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

दुर्घटनाग्रस्त बस प्रहरीको नियन्त्रणमा छ । बसका चालक दुर्घटना भएलगत्तै फरार भएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस