सुन्तलाको उचित मूल्य नपायको किसानको गुनासो « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

सुन्तलाको उचित मूल्य नपायको किसानको गुनासो


२१ पुस २०७३, बिहिबार


डडेल्धुरा । आफूहरुले उत्पादन गरेको सुन्तलाले उचित मूल्य नपाएको डडेल्धुराका सुन्तला उत्पादक किसानहरुले गुनासो गरेका छन् । जिल्लाको सबै भन्दा बढी सुन्तला उत्पादन हुने बगरकोट गाविसका कृषकले आफुले मेहनत लगाएर उत्पादन गरेको सुन्तलाले उचित बजार र मूल्य नपाएको दुःखेसो पोखेका हुन् ।

जिल्लाको बगरकोट गाविस वडा नं. ६ चुल्लका सुन्तला खेती गदै आएका कृषक प्रकाशदत्त भट्टले व्यापारीको भनेको मूल्यमा सुन्तला बेच्नु पर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । गाउँमा ४०÷४५ रुपैयाँ बिक्री भईरहेको सुन्तला बजारमा व्यापारीहरुले सय रुपैयाँमा बिक्री गरिरहेका छन् ।

यता जिल्ला कृषि कार्यालय डडेल्धुराका बागवानी विकास अधिकृत सुदिप देवकोटाले बजार व्यबस्थापनमा सम्बन्धित सबै निकायले बजार अनुगमान गर्नु पर्ने र व्यवस्थित बजारका लागि बृहत छलफल हुनु आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस