साहित्यकार एवम् इतिहासकार ओझाको निधन « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

साहित्यकार एवम् इतिहासकार ओझाको निधन


१५ पुस २०७३, शुक्रबार


कञ्चनपुर । साहित्यकार एवम् इतिहासकार आत्माराम ओझाको ८८ वर्षको उमेरमा आज बिहान कञ्चनपुरको भीमदत्तनगरपालिका स्थित आफ्नै निवासमा निधन भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–६ निवासी साहित्यकार एवम् इतिहासकार ओझा सुदूर पश्चिमका अग्रज साहित्यकार हुन् । ओझा २००६ सालमा ‘उसा अनिरुद्र नाट्य’ कृति प्रकासन गरी साहित्य क्षेत्रमा उदाउनु भएको थियो । उहाँको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको  बरिष्ठ साहित्यकार तथा महाकाव्यकार मनिराज जोशीले बताउनुभयो ।

सुदूर पश्चिमाञ्चल साहित्य पुरस्कार समेत प्राप्त गर्नुभएका ओझाले एक दर्जन भन्दा बढी कृति प्रकासन गरिसक्न भएको छ। ‘सुदूरपश्चिम इतिहास परिचय’ ‘तिला’ र ‘राजा नागी मल्ल’ उहाँका प्रसिद्ध कृति हुन् ।

प्रतिक्रिया दिनुहोस