Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हात्ती आतङ्कले आरक्ष कार्यालयमै क्षति


१२ पुस २०७३, मंगलबार


इनरुवा । कोसी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक रुपमा हात्ती निस्कने गरेकाले आरक्षको कार्यालयमा कार्यरत कर्मचारी त्रसित भएका छन् ।

दैनिक रुपमा आरक्षको जङ्गल क्षेत्रबाट दिउँसो र राति जङ्गली हात्ती आएर कार्यालय परिसरमा बितन्डा मचाउने छन् । सोमबार दिउँसो र राति कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि आफूहरु त्रसित भएको आरक्षका संरक्षण अधिकृत श्यामप्रसाद साहले जानकारी दिनुभयो ।

सोमबार राति मात्र आरक्षको जङ्गल क्षेत्रबाट निस्केका जङ्गली हात्तीले आरक्षको पर्खाल र भान्सा कोठा भत्काएको थियो । जङ्गली हात्तीका कारण यहाँ आउने जनसमुदायसमेत त्रसित रहेकाले यस क्षेत्रमा वनभोज लगायत कार्यक्रम नगर्न उहाँले आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस