पक्की पुल निर्माण हुने भएपछि स्थानीय खुशी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पक्की पुल निर्माण हुने भएपछि स्थानीय खुशी


१२ पुस २०७३, मंगलबार


बझाङ । बझाङको तमैलको सेति नदीमा पक्की पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । २ पटक काठे पुल निर्माण गरी सवारी साधनहरु सन्चालन गरेका सेती नदी पारीका झण्डै २१ गाविसका स्थानीयहरु तमैल नजीकै सेती नदीमा अत्याधुनीक पुल बन्ने भन्ने खबर पाए पछि खुशी भएका हुन् ।

बर्षैपिक्षे काठे पुल निर्माण गर्दै छान्ना क्षेत्रका ६ गाविसमा सवारी साधन सन्चालन गरी रहेका यस क्षेत्रका स्थानीय तमैलमा नै पक्की पुल बन्ने खबर पछि खुशी भएका माझी गाविसका शिबराज उपाध्यायले बताउनु भयो ।

सरकारी निकायलाई पटक पटक दवाब दिंदा पनि पुल निमार्णको लागी पहल नगरेका कारण स्थानिय आफैले सेतीमा काठको पुल वनाएको खवरले राष्ट्रिय चर्चा पाएसँगै सडक विभागले यस ठांउमा पुल निमार्णको लागी बजेट विनियोजन गरेको थियो ।

यस ठाउँमा नेपाल मै आधुनिक र भरपर्दाे मानिएको प्रिस्ट्रेट प्रविधीबाट मोटर चल्ने पुलको लागी बजेट विनियोजन भैसकेको र छिट््टै काम समेत सुरु हूने जयपृथ्वी बहादुर सिहं राजमार्गका प्रमुख ललितजंग खनालले बताउनु भयो । यो पुलको अनुमानित लागत झण्डै १५ करोड रहेको र अबको केहि दिन भित्रै काम सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस