विराटनगर । सातौँ राष्ट्रिय खेलकुद आजदेखि पूर्वाञ्चलमा सुरु हुँदै छ ।
साताव्यापी जारी रहने सो प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । सो प्रतिस्पर्धामा तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको आज विराटनगरको सहिद रङ्गशालामा एक भव्य समारोहबीच उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
प्रतियोगितामा सहभागी हुन खेलाडी र प्रशिक्षक लगायत विराटनगर आइपुगेका र सबै तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।