काम गर्ने कर्मचारीलाई नेपालको जुनसुकै मन्त्रालयमा अवसर छ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काम गर्ने कर्मचारीलाई नेपालको जुनसुकै मन्त्रालयमा अवसर छ


प्रशासन विशेष ब्युरो

७ पुस २०७३, बिहिबार


डा. सोमलाल सुवेदी जनताको सेवामा समर्पित राज्यको सबैभन्दा उच्च तहका राष्ट्रसेवक हुनुहुन्छ । देश र जनताका हितमा काम गर्नका लागि वा व्यवसायिक सफलताको शिखर चुम्न काम प्रतिको ईमानदारी र समर्पण भए जुनसुकै क्षेत्रमा मान्छे हिरो हुन सक्छ भन्ने उदाहरण पनि हुनुहुन्छ डा. सुवेदी । निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवमा डा. सुवेदीको कार्यकाल लामो बिगतको संघर्षपूर्ण तर सफल नेतृत्व क्षमताको समग्र परिणाम पनि हो । राजनीतिक अस्थिरताका बीच सरकारी सेवालाई निरन्तर थप जनमुखी र परिणाम उन्मुख बनाउन दिनरात नभनी सधै काममा खटिने बानीले यो तहमा पुर्याएका डा. सुवेदीको व्यवसायिक जीवनको पाटो खोतल्ने प्रयाश गर्नु भएको छ प्रशासन डटकमका विशेष प्रतिनिधि सिद्धराज उपाध्यायले । हेरौं उहा सँगको अलि फरक संवाद ।

३६ बर्ष भन्दा बढीको सरकारी सेवा डा.सापकै दृष्टि र अनुभवबाट समीक्षा गरिदिनुहोस् न छोटोमा ।
सरकारी सेवा भनेको सरकारी भनेको सिक्दै गर्दै जाने एउटा अवसर हो । सिद्धान्तमा किताबमा पढ्न नपाउने धेरै कुराहरु यहाँ सिक्न पाइन्छ । अर्को नीतिगत सुधारदेखि लिएर सेवा प्रवाहसम्ममा संलग्न हुन पाईन्छ । त्यसकारण सरकारी सेवा भनेको त एउटा ठूलो प्रयोगशाला हो । यहाँ विभिन्न प्रयोगहरु, परीक्षणहरु पनि भएको हुन्छ । यसमा समग्रतालाई हेर्न, बुझ्न र त्यसलाई सुधार्ने पर्याप्त अवसरहरु पाइन्छ ।

डा. सोमलाल सुवेदी निजामती सेवामा प्रवेश नगर्नु भएको भए कुन बाटो हिड्नुहुन्थ्यो होला ? एउटा नहिडेको बाटो, करियर के होला यहाँको ?
प्राज्ञिक क्षेत्रकै हुन्थ्यो । त्यसमा त कुनै डाउट नै छैन । प्राज्ञिक क्षेत्रमै कतै लागिन्थ्यो होला ।

यहाँले तीन दशक लामो सरकारी सेवामा शिक्षा, अर्थ, विज्ञान प्रविधि, वातावरण, श्रम तथा रोजगार लगायत प्रायः सबै मन्त्रालयमा आफ्नो नेतृत्व क्षमता प्रदर्शन गरिसक्नुभएको छ । फर्केर हेर्दा कहाँ बढी सन्तुष्टी मिल्छ यहाँलाई ?
स्थानीय विकास मन्त्रालयमा अन्र्तगत म स्थानीय विकास अधिकारी, मन्त्रालयको नीतिगत उपसचिव, वित्तिय आयोगको सदस्य सचिब हुँदा अर्वान ईस्युहरुलाई सतहमा ल्याएर यसलाई सिस्टमेटाइज गर्ने, सबैभन्दा पहिला अर्वान प्रोपर्टीको कुरा उठाएर सहरी गरिवी न्युनिकरणको विषय लाई नीतिगत हिसावले ट्र्याकमा ल्याउने, न्यूनतम शर्त कार्य सम्पादन मापन प्रणाली स्थपना गर्ने, स्थानीय निकायलाई बाँड्ने अनुदानको फर्मुला बनाउनेलगायत थुप्रै कामहरु भए । यसका अतिरिक्त वित्तिय संघीयता सम्बन्धी थुप्रै कार्यहरु भएका छन् ।


निर्वाचित प्रतिनिधि नहुँदा पनि लामो समयसम्म निजामती कर्मचारीबाट स्थानीयस्तरको सञ्जाल धान्न सक्षम हुने वातावरण बनाउन सकियो ।

त्यतिवेला म सहसचिव नै भएपनि आफुलाई लागेका कुराहरु मन्त्रालय हुँदै मुख्य सचिवसम्म (क्याविनेटमा त म दावी गर्दैन) मा मैले प्रोफेशनल इनपुट दिएर म्याट्रेलाइज् हुँदाका प्रसंगहरु अहिले सम्झदा पनि खुसी लाग्छ । किनभने अहिले देशैभरमा निर्वाचित प्रतिनिधि नहुँदा पनि निजामति कर्मचारीले लामो समयसम्म स्थानीयस्तरको सञ्जाल धान्न सक्षम हुने वातावरण बनाउन सकियो । धेरै सुधार भएका छन् ।

सामुदायिक संस्थाहरु चालिस हजारभन्दा बढी हामीले श्रृजना ग¥यौं । तिनीहरुले एउटा डिमान्ड साइड बलियो बनाउदा (माग पक्ष सवलिकरण सचेतना अभिवृद्धि) जुन खालको ग्रास रुट लेवलमा पुजी निर्माण भएको छ । मलाई सम्झदा सबैभन्दा बढी आनन्द त्यसमा लाग्छ । मैले त्यही विषयसँग सम्बन्धित भएको हिसावले त्यसैमा आफुले विद्यावारिधि पनि गरेँ । त्यस हिसावमा मैले समुदायमा आफुले पठाई दिएको स्रोतबाट त्यसको सदुपयोग भएर सेवा लिएको हेर्दा चाहिं मलाई आनन्द लागेको थियो । र, लाग्छ पनि । किनभने दुरदराजबाट काठमाडौँमा आएर रिसोर्स लाने भन्या कुरो नट अ जोक । यो सजिलो छैन ।


दुरदराजबाट काठमाडौँमा आएर रिसोर्स लाने भन्या कुरो नट अ जोक । यो सजिलो छैन ।

हामीले क्षेत्रमा, सूत्रमा आधारित भएर रकम बाड्ने जुन पद्धति बनाउने, स्थानीय निकाय र वित्तिय आयोगका प्रतिवेदन तयार गर्नदेखि अरु थुप्रै नगरपालिकाको ट्याक्स प्रणालीलाई नै यो स्तरमा ल्याउने कार्यमा म संलग्न भई परिणाम आउने काम गरेको मलाई याद छ । काम गरेको हिसावमा धेरै मान्छेहरु आफुले पावर एक्सरसाईज गर्ने अभिष्ट राख्छन् । पोल्टिक्समा, व्यूरोक्रेसी, कर्पोरेट क्षेत्रमा । म चाहिं अधिकार निक्षेपण गरेर त्यो एउटा सन्तुलित र न्यायपूर्ण समाज निर्माण होस् भन्ने चाहना राख्ने भएर होला, अधिकार निक्षेपणका कुराहरु गर्दा यद्यपि कतिपय कुरा भएका छैनन् । तरपनि यी सबैमा खुसी लाग्छ ।

काम ग¥यो भने नेपालको जुनसुकै मन्त्रालयमा अवसर छ । तपाइलाई अचम्म लाग्ला विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा हुँदाखेरी मैले खास गरेर एटमिक इनर्जीलगायतका विषयहरुको कतिपय कुरामा न्युक्लियर ल बनाउने कुरा थालेको थिए । न्युक्लियर ल बनाउने कुरालाई फलोअप गर्नेदेखि लिएर आइएइआइए सम्बन्धी काम नभएर सस्पेनमा रहेका प्रोजेक्टहरु म आफु गएर त्यसलाई क्लियर गरी एक्स्पोडाइट गरे जसको कारण भरतपुर क्यान्सर अस्पतालमा करिव करिव २०⁄३० करोड जतिको सामान ल्याउनलाई सहजिकरण भयो ।

त्यसकारण जुनसुकै मन्त्रालयमा पनि अवसर छ । काममा रमायो भने जुनसुकै मन्त्रालयमा इन्जोय गर्न सकिन्छ । संघीय मामिला मन्त्रालयमा म आफै सचिव हुँदाखेरी पनि जुन नगरपालिकाहरु श्रृजना गरिए, तीन दिनमा ६२ कार्यालय स्थापना गरियो । त्यस्ता खालका कामहरु गर्दाका क्षणहरु सम्झदा पनि रमाइलो लाग्छ । आफुले गरेकोमा सन्तुष्टी पनि मिल्छ ।


जिल्लातिर गएर कार्यालय प्रमुखहरुका गुनासाहरु सुन्दा अथवा समाधान दिँदा मलाई खुसी लाग्छ

उपसचिव हुँदादेखि नै मन्त्रालयले, नेपाल सरकारले लगाएको काममा इङगेज थिए । म सामान्य प्रशासन र प्रधानमन्त्री कार्यालयमा हुँदा विभिन्न कार्यटोलीमा थिए । ती सबै ठाउँमा लेखपढ गर्दा अथवा फिल्डमा भेरीफाई गर्दा, जिल्लातिर गएर कार्यालय प्रमुखहरुका गुनासाहरु सुन्दा अथवा समाधान दिँदा मलाई खुसी लाग्छ , यस अतिरिक्त तेस्रो पुस्ताका सुधारहरु ल्याउन प्रयास गरियो । त्यो प्रयासको परिणाम स्वरुप अहिले चाँहि निर्वाचित जनप्रतिनिधि नहुँदा पनि यत्तिको काम भएको छ । अपेक्षा अनुरुप काम नभए पनि टेवुलमा आएको काम सम्पादन भएको छ । समय सापेक्ष काम नहुन सक्नु स्थानीय तहको मात्रै दोष होइन । त्यहाँका पोलिटिकल लिडरसिप, सामाजिक मुल्य र मान्यता यी सबै कुराहरु छन् । यो सिस्टमकै कुरा हो ।

स्थानीय संरचना निर्माणको कुरा गर्नुभयो त्यस समयमा नीतिगत र संरचना वा सिस्टम नबनाई दिएको भए वर्तमान अस्थिर राजनीतिक अवस्थामा साच्चै हाम्रो देश कहाँ जान्थ्यो होला ?
स्थानीय तहको सञ्जालै नरहे पछि त फेरि जिरोबाट सुरु गर्नु पर्दथ्यो । अहिले जेसुकै भएपनि स्थानीय तहमा फ्रन्ट लाइनमा काम गर्ने कर्मचारीले नागरिकहरुलाई सेवा दिने प्रक्रियाले निरन्तरता पाएकोे छ ।

सुरुदेखि अहिलेसम्म हेर्दाखेरी धेरै मान्छेहरु इम्पावर छन् । समाज, नागरिक पद्धति पनि सुदृढ भएको छ । कर्मचारीहरु बढी शसक्तिकृत भएका छन् । हामी आफ्नो वहसलाई सामान्यतयाः काम नगरिकन कुरा फर्काउदैनथ्यौं । काम गरिसकेपछि कामको सन्दर्भमा छलफल गरिन्थ्यो । कामै नगरिकन त कुरा गरिन्थेन । आफ्नो पक्षमा बढ्तै वकालत गर्ने संस्कारको विकास भएको छ । पहिला त्यस्तो खालको स्थिति थिएन ।


अपेक्षा अनुरुप समयसापेक्ष काम हुन नसक्नु स्थानीय तहको मात्रै दोष होइन, त्यहाँका राजनीतिक नेतृत्व, सामाजिक मुल्यमान्यताको पनि हो ।

मलाई एउटा कुरा भन्न सान्र्दर्भिक लाग्छ । म एउटा कार्यालयमा थिएँ, नेपालभरी जुनसुकै ठाउँमा पनि क्याम्पस भएको ठाउँमा सरुवा पाउँ भन्दा तीन वर्षसम्म पनि मलाई सरुवा दिइएन । प्रमाणपत्र तह प्राइभेटबाटै पास गरेर मैले लोकसेवा पास गरेर हिड्नु परेको थियो । कमसेकम त्यस्तो खालको पीडा अहिले कुनैपनि कर्मचारीले ब्यहोर्न त पर्दैन किनभने अहिले सुनुवाई पनि हुन्छ अर्को सबै ठाउँमा विकास पनि भएको छ ।

अहिले जुन उचाईमा पुग्नु भो यसको श्रेय कसलाई दिनुहुन्छ ?
यो कुनै योजना गरेर भएको होइन । आकस्मिकता जस्तै हो । त्यसकारण पार्टीकुलर्ली फलानाले गर्दा यसो भो भन्नका लागि त्यस्तो कोही छैन । किनभने मेरो कुनै क्लिक छैन, समुह छैन । म कुनै शक्ति समुहको पछि लागेर हिड्या छैन । लोकसेवा पास नगरेको भए हुन्थेन होला । सबै ठाउँमा सबै मान्छे पुग्न सक्दैनन् । त्यसको अर्थ के हो भने बेसिक योग्यता, क्षमता, अनुभव त चाहिन्छ नै ।

 डा. सोमलाल सुवेदीसंग सम्बन्धित थप

सबैले साँचो प्रयास गरेमा चुनाव गर्न सकिन्छ

Tags :
प्रतिक्रिया दिनुहोस