ओलम्पियन टर्च दिएर खेलाडीको बिदाई « प्रशासन
Logo ४ कार्तिक २०७८, बिहिबार
   

ओलम्पियन टर्च दिएर खेलाडीको बिदाई


६ पुस २०७३, बुधबार


धनगढी। विराटनगरमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगताका लागि मंगलवार ओलम्पिक टर्च दिएर खेलाडीहरुको बिदाई गरिएको छ ।

ओलम्पिक टर्चसहितको ¥याली धनगढीबाट विराटनगरतर्फ प्रस्थान गरेको हो ।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक साउदले ओलम्पियन बिष्णुवहादुर सिंहसहितका खेलाडीलाई ओलम्पिक टर्च दिएर बिदाई गरेका हुन् ।

र्याली पुस ८ गते विराटनगर पुगेपछि सातौं राष्ट्रिय खेलकुदको उद्घाटन हुने जनाइएको छ । यसअघि छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता यहाँ भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस