भारतीय राष्ट्रपतिलाई महाविद्यावारिधि प्रदान « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

भारतीय राष्ट्रपतिलाई महाविद्यावारिधि प्रदान


प्रशासन संवाददाता

१८ कार्तिक २०७३, बिहिबार


काठमाडौँ । भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडाँ: विश्वविद्यालयद्वारा प्रदान गरिएको महाविद्यावारिधिको उपाधिद्वारा विभूषित हुनुभएको छ ।

नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गर्नुभएको हो ।

काठमाडौँ विश्वविद्यालयद्वारा विहीबार आर्मी अफिसर्स क्लबमा आयोजित विशेष दीक्षान्त समारोहमा शिक्षामन्त्री एवम् विश्वविद्यालयका सहकुलपति धनिराम पौडेल, विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजु श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो ।

समारोहमा मन्त्रिगण, नेपालका लागि भारतका राजदूत रणजीत राय, राष्ट्रपति मुखर्जीका भ्रमणमा रहनुभएका सदस्य समेत विशेष कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस