सहारा क्लवद्वारा देउसीभैलोबाट ४ लाख सङकलन « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

सहारा क्लवद्वारा देउसीभैलोबाट ४ लाख सङकलन


प्रशासन संवाददाता

१८ कार्तिक २०७३, बिहिबार


पोखरा । पोखराको सहारा क्लबले तिहारमा देउसीभैलो खेली चार लाख ९२ हजार ५०० सङ्कलन गरेको छ ।

देउसीभैलोबाट सङ्कलन गरेको उक्त रकम क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गर्दै आएको सहारा एकेडेमी सञ्चालनमा खर्च गर्ने क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिनुभयो ।

एकेडेमीमा हाल १६ जिल्लाका २८ जना कठिन अवस्था र विपन्न वर्ग ९बाबु वा आमा० मध्ये एक नभएका बालबालिकाको शिक्षादीक्षा र पालनपोषणमा खर्च गरिनेछ ।

क्लबले एकेडेमी स्थायी रुपमा सञ्चालनका लागि एक अक्षयकोष पनि स्थापना गरेको छ र एकेडेमीको अक्षयकोषमा हालसम्म देश तथा विदेशका सहयोगदाताबाट रु ९० लाख सङकलन भइसकेको छ ।

त्यस्तै हिमालय क्लबले पनि तिहारमा देउसीभैलो खेली रु एकलाख १६ हजार सङ्कलन गरेको क्लबका अध्यक्ष सुकबहादुर गुरुङले बताउनुभयो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस