Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विजयी खेलाडीलाई पुरस्कार प्रदान


प्रशासन संवाददाता

१७ कार्तिक २०७३, बुधबार


भक्तपुर । जिल्लाव्यापी प्रथम तेक्वान्डो प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति भक्तपुरले बुधवार सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा पुरस्कार वितरण गरिएको हो ।

प्रतियोगितामा छ स्वर्ण, एक रजत, एक कास्यसहित ‘द’ च्यालेन्जर तेक्वान्डो डोजाङले प्रथम स्थान हासिल गर्दै उत्कृष्ट भएको प्रतियोगिताका संयोजक श्याम बस्नेतले बताए ।

प्रतियोगितामा पुरुष जुनियर तर्फ ‘द’ च्यालेन्जरका ३८ देखि ४२ वर्ष उमेर समूहका सुजन लामा र ५८ देखि ६३ वर्ष समूहमा सुमन मारिखुले स्वर्ण हात पारेका छन् ।

त्यस्तै महिला जुनियर तर्फ २३ देखि २६ वर्ष उमेर समूहकी रितिका महर्जन, ३५ देखि ३८ वर्ष उमेर समूहकी समिता सापकोटा, ३८ देखि ४२ वर्ष उमेर समूहकी निर्मल कुटुव, ४२ देखि ४६ वर्ष समूहमा कसिश श्रेष्ठ र ४६ देखि ४९ वर्ष उमेर समूहमा एलिसा लामाले स्वर्ण पदक हात पारेकी छिन् ।

प्रतियोगितामा चार स्वर्ण, चार रजत र छ कास्य पदकसहित सल्लाघारी तेकन्डो डोजाङ दोस्रोस्थान हासिल गरेका छन् । सल्लाघारीले पुरुष तर्फ २३ देखि २६ वर्ष उमेर समूहमा पुकार जोशी, ३५ देखि ३८ वर्ष उमेर समूहका उज्वल श्रेष्ठले स्वर्ण हात पारेका छन् भने ५४ देखि ५८ वर्ष उमेर समूहमा पनि सल्लाघारीकै किसन श्रेष्ठले स्वर्ण पदक हात पारेको संयोजक बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा तीन स्वर्ण, तीन रजत र तीन कास्यसहित स्टार गणतान्त्रिक समूहले तेस्रो स्थान हात पारेको छ । प्रतियोगितामा स्टार गणतान्त्रिकका किरण छुस्याकी उत्कृष्ठ पुरुष खेलाडी र श्रीपद्य माविकी अञ्जली चौगुठी उत्कृष्ठ महिला खेलाडी भएका छन् ।

कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने डोजाङ र खेलाडीलाई एमाले केन्द्रीय सदस्य सोम मिश्रले सिल्ड, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा १६ डोजाङका १२८ पुरुष र ५५ जना महिला खेलाडीसहित १८३ खेलाडी सहभागी भएको समितिका अध्यक्ष दिलीप केसीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस