Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच हार्दिकतामा जोड


प्रशासन संवाददाता

१० भाद्र २०७३, शुक्रबार


नवनियुक्त वाणिज्यमन्त्री रोमी गौचन थकालीले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व हार्दिकताका साथ हालेमालो गरेर अगाडि जाँदा सजिलो हुने बताउनुभएको छ ।

आज सिहंदरबारमा पदभार ग्रहण गरेपछि मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो–‘‘हामी जनतालाई सेवा दिने हाँै । राजनीतिक आस्थाका आधारमा कसैमाथि विभेद् गरिने छैन, त्यसैले तपाइँहरु निर्धक्क भएर काम गर्नुहोस् ।’’

मन्त्री थकालीले विशेषज्ञता हासिल गरेका कर्मचारीलाई प्राथमिकता राखेर काम गर्नुपर्ने भन्दै आफूले मन्त्रालयको काम गर्ने समूहको नेतृत्वलाई कमजोर नबनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भारत र चीनसँग मित्रवत् सम्बन्ध राखेर अधिकतम् लाभ लिनुपर्नेमा जोड दिँदै दुई मुलुकसँगको द्विक्षीय र आन्तरिक सम्बन्ध स्थापना गर्नुपर्ने बताउनुभयो ।

मन्त्री थकालीले सङ्क्रमणकालीन अवस्थामा सरकार रहेकाले मुलुकको अर्थतन्त्र सुदृढ गदै लैजानुपर्ने बताउनुभयो ।

मुस्ताङबाट विसं २०७० को संविधानसभाको निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित मन्त्री थकालीले विसं २०३४ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिकमा प्रवेश गर्नुभएको हो ।
कार्यक्रममा मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले मन्त्री थकालीलाई मन्त्रालयमा भइरहेको काम र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो । (श्रव्यसामग्री उपलब्ध छ ) रासस वाणिज्यमन्त्री रोमी गौचन थकालीले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व हार्दिकताका साथ हालेमालो गरेर अगाडि जाँदा सजिलो हुने बताउनुभएको छ ।

आज सिहंदरबारमा पदभार ग्रहण गरेपछि मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो–‘‘हामी जनतालाई सेवा दिने हाँै । राजनीतिक आस्थाका आधारमा कसैमाथि विभेद् गरिने छैन, त्यसैले तपाइँहरु निर्धक्क भएर काम गर्नुहोस् ।’’

मन्त्री थकालीले विशेषज्ञता हासिल गरेका कर्मचारीलाई प्राथमिकता राखेर काम गर्नुपर्ने भन्दै आफूले मन्त्रालयको काम गर्ने समूहको नेतृत्वलाई कमजोर नबनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भारत र चीनसँग मित्रवत् सम्बन्ध राखेर अधिकतम् लाभ लिनुपर्नेमा जोड दिँदै दुई मुलुकसँगको द्विक्षीय र आन्तरिक सम्बन्ध स्थापना गर्नुपर्ने बताउनुभयो ।

मन्त्री थकालीले सङ्क्रमणकालीन अवस्थामा सरकार रहेकाले मुलुकको अर्थतन्त्र सुदृढ गदै लैजानुपर्ने बताउनुभयो ।

मुस्ताङबाट विसं २०७० को संविधानसभाको निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित मन्त्री थकालीले विसं २०३४ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिकमा प्रवेश गर्नुभएको हो ।
कार्यक्रममा मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले मन्त्री थकालीलाई मन्त्रालयमा भइरहेको काम र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो । (श्रव्यसामग्री उपलब्ध छ ) रासस

प्रतिक्रिया दिनुहोस