सार्वजनिक यातयातले भाडा बढी लियो ? कारबाहीका लागि एसएमएस पठाउनुहोस् « प्रशासन
prasaLogo
१८ श्रावण २०७८, सोमबार
   

सार्वजनिक यातयातले भाडा बढी लियो ? कारबाहीका लागि एसएमएस पठाउनुहोस्


प्रशासन संवाददाता

२४ श्रावण २०७३, सोमबार


२४ साउन, काठमाडौं । ट्याक्सी मिटरमा जान मानेन ? सार्वजनिक यातयातले भाडा बढी लियो ? आरक्षण सिटमा अरु नै बसेर यात्रा गरिरहेका छन् ?

सार्वजनिक यातायातका छाडापनबाट तपाईं पीडित हुनुहुन्छ वा तपाईंका आँखाले देखेको छ भने अब त्यसको सरल समाधान गर्न सक्नुहुन्छ । ट्राफिक प्रहरीले यस्ता समस्या समाधान गर्न एसएमएस सेवा सार्वजनिक गरेको छ ।

९८५१२९५१०० नम्बरमा सेवाग्राहीले सन्देश पठाएर गुनासो गर्न सक्नेछन् । अाजको अन्नपूर्णमा समाचार छ ।

तपाईंका गुनासा सीधै उक्त नम्बरमा पठाउण्नुभयो भने तत्काल ट्राफिक प्रहरी कारबाहीमा उत्रिने आजको अन्नपूर्णले जनाएको छ ।

उक्त नम्बरमा सार्वजनिकसँगै निजी सवारीसाधानका बेथितिका बारेमा सन्देश पठाउन सकिन्छ ।  एक सातादेखि उक्त नम्बर ट्राफिक एफएम । फेसबुकमार्फत सार्वजनिक गर्दा सयभन्दा बढी सन्देश आएका छन् ।

सन्देशमा ट्याक्सी चालक मिटरमा जान नमानेकादेखि सार्वजनिक सवारीसाधानले बढी भाडा लिएका गुनासा आएका छन् ।
एसएमएस पठाउँदा भने गाडीको नम्बर, रुट लगायत स्पस्ट गर्न ट्राफिकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस