Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रिचार्ज नहुँदा २ दिनमा टेलिकमको करोडौं गुम्यो


प्रशासन संवाददाता

२४ श्रावण २०७३, सोमबार


२४ साउन, काठमाडौ । नेपाल टेलिकमको रिचार्ज सिष्टममा समस्या आउँदा २ दिनको अवधिमा कम्पनीको करोडौं रुपैयाँ आम्दानी गुमेको छ ।

शनिबार बिहानदेखि कम्पनीको एनटी रिचार्ज सिष्टममा रिचार्ज हुन नसक्दा करोडौं नोक्सानी बेहोर्नु परेको हो ।

यसबीचको २ दिनको अवधिमा १४ लाख गा्रहकले रिचार्ज गर्न नपाउँदा थुप्रै हैरानी खेप्नुपरेको छ । हाल टेलिकमले ५०, १ सय २ सय,  ५ सय र १ हजारका रिचार्ज कार्ड विक्री गर्दै आएको छ ।

दैनिक हुने रिचार्जको औसतमा १ सयको रिचार्जलाई आधार मान्दा पनि २ दिनको अवधिधमा १४ करोड रुपैयाँबराबरको रिचार्ज हुन नपाएको समाचार आजको आर्थिक अभियानमा छ ।

टेलिकमका सहप्रवक्ता डिल्लीप्रसाद अधिकारीका अनुसार रिचार्ज कार्डमार्फत दैनिक औसत ७ लाखपटक रिचार्ज हुने गरेको छ । आइतबार ३ देखि रिचार्ज सेवामा देखिएको समस्या समाधान भएको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमका ग्राहकले प्रतिव्यक्ति प्रतिमहिना औसतमा २ सय ५० रुपैयाँसम्म खर्च गर्ने गरेका छन् ।

यसलाई आधार मान्दा २ दिनको अवधिमा टेलिकमलाई प्रतिग्राहक १६ रुपैयाँ ६६ पैसाबराबर आम्दानी हुन आउँछ । यसरी हेर्दा टेलिकमलाई १४ लाख ग्राहकबाट २ करोड ३३ लाख २४ हजार रुपैयाँ आम्दानी गुमेको छ ।

प्रतिक्रिया दिनुहोस