योमा गौरिका चुकिन्, दोस्रो चरणमा पुग्न असफल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

योमा गौरिका चुकिन्, दोस्रो चरणमा पुग्न असफल


प्रशासन संवाददाता

२४ श्रावण २०७३, सोमबार


२४ साउन, काठमाडौं । नेपालकी गौरिका सिंह रियो ओलम्पिकको पौडी अन्तरगत महिला १०० मिटर ब्याकस्ट्रोकको हिट्स चरणमा आफ्नो समूहमा पहिलो भएकी छन् ।

तर, रियोकै कान्छी खेलाडी गौरिका राष्ट्रिय कीर्तिमान सुधार गर्न र दोस्रो चरणमा पुग्न भने असफल भएकी छिन् ।

आइतबार राति भएको खेलमा गौरिकाले निर्धारित दुरी १ मिनेट ८.४५ सेकेण्डमा पार गरिन् । र, उनी समग्रमा ३१ औं नम्बरमा रहिन् । उनी दोस्रो राउण्डमा छनौट हुन अझै ८ सेकेण्डले नै पछि परेकी छन् ।

प्रतिक्रिया दिनुहोस