रोकी राखेका तीन बसमा आगजनी « प्रशासन
prasaLogo
२४ श्रावण २०७३, सोमबार

रोकी राखेका तीन बसमा आगजनी


प्रकाशित मिति : 8 August, 2016 6:21 am

२४ साउन, पर्वत । पर्वतको कुश्मामा निर्माणधिन बसपार्कमा रोकी राखेको बसमा आगजानी भएको छ ।

आइतबार साँझ  ग १ ख ४९३६ नम्बरको बसमा आगलागी भएको हो । आगलागीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगोलागी हुदाँ बसपार्कमा रहेका अन्य २ सवारी साधनमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।

ध १ ख ५६९ र ना ४ ख ९०३४ गाडीमा सामान्य क्षेती भएको प्रहरीको भनाइ छ ।

बसपार्कमा खेली रहेका बालबालिकाले आगो लगाएर त्यहाँ बाट भागेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।  । उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस